`

हुम्लाको नारा लेकमा हिउँ पन्छाउन सुरु, ३ दिनभित्र सडक खुलाउने लक्ष्य

Nepal One HD २३ असोज २०८३ ८:२७
प्रमुख खबर

हुम्ला – हुम्लाको सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु गरिएको छ। नाम्खा गाउँपालिका–५ स्थित नारा लेक क्षेत्रमा जेसीबी प्रयोग गरी हिउँ हटाउन थालिएको हो।

असोज १० गतेदेखि हिमपातका कारण अवरुद्ध सडक दुईदेखि तीन दिनभित्र सञ्चालनयोग्य बनाउने लक्ष्य राखिएको हिल्सा–सिमकोट सडक योजनाले जनाएको छ।

करिब १० किलोमिटर क्षेत्रमा हिउँ जम्दा यातायात अवरुद्ध भएको छ। सडक खुलेपछि हिल्सामा रहेका स्थानीय तथा चीनको ताक्लाकोटमा रहेका नेपालीलाई दसैँ–तिहारमा घर फर्किन सहज हुने अपेक्षा गरिएको छ। नारा लेक समुद्री सतहदेखि ४ हजार ६७० मिटर उचाइमा रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *