`

हुम्ला-मुगु सीमा क्षेत्रमा जडीबुटी विवादपछि तीन जनाको मृत्यु, उद्धार टोलीले ल्यायो शव

Nepal One HD २३ असोज २०८३ ९:००
प्रमुख खबर

काठमाडौं । हुम्ला–मुगु सीमावर्ती मिमी पाटनमा जडीबुटी खोज्न गएका मुगुका तीन जनाको मृत्यु भएको छ।

जडीबुटी संकलन क्षेत्रको सीमा विवादमा असोज ११ गते भएको झडपमा गणेशबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि बेपत्ता भएका ललितजङ्ग बडुवाल र अंगबहादुर रोकायाको शव उच्च हिमाली क्षेत्रमा हिउँमुनि फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

अत्यधिक हिउँ, कठिन भूगोल र प्रतिकूल मौसमका कारण खोजी तथा उद्धारमा कठिनाइ भएको थियो। सुरक्षाकर्मीले तीनै जनाको शव जिल्ला अस्पताल मुगुतर्फ ल्याएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *