पोखराको ओख्ले भीरमा स्कुल बस दुर्घटना, २१ विद्यार्थी सवार
प्रमुख खबर
काठमाडौं – कास्कीको पोखरा महानगरपालिका–२८ स्थित ओख्ले भीरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ। बसमा चालक र सहचालकसहित २५ जना सवार रहेको प्रारम्भिक विवरण छ, जसमध्ये २१ जना कक्षा १० का विद्यार्थी छन्।
परीक्षाका लागि ट्युसन पढ्न जाने क्रममा बिहान भएको दुर्घटनापछि स्थानीय र सुरक्षाकर्मीले उद्धार सुरु गरेका छन्। हालसम्म १८ जनाभन्दा बढीलाई उद्धार गरी गण्डकी अस्पताल पठाइएको छ। घटनास्थलमा उद्धार जारी रहेकाले क्षतिको यकिन विवरण आउन बाँकी छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
