`

आरुघाटदेखि गोरखासम्म छिट्टै निःशुल्क बस सेवा सञ्चालन गरिनेछ – गृहमन्त्री गुरुङ

Nepal One HD २५ असोज २०८३ १९:४८
प्रमुख खबर

गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा यातायात व्यवस्थापनका लागि सरकारले पहल तीव्र पारेको छ। बाढी प्रभावित विभिन्न स्थानबाट हालसम्म ४७ जनाको उद्धार गरिएको छ भने राहत सामग्री बोकेका तीनवटा ट्रक प्रभावित क्षेत्रमा पठाइसकिएको छ।

गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत बाढीपछिको उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको जानकारी दिएका हुन्। उनका अनुसार प्रभावित नागरिकलाई आवतजावतमा सहज बनाउन आरुघाटदेखि गोरखासम्म छिट्टै निःशुल्क सार्वजनिक बस सेवा सञ्चालन गर्ने तयारी गरिएको छ।

बाढीका कारण प्रभावित क्षेत्रमा सडक तथा यातायात सेवा अवरुद्ध भएपछि नागरिकको आवागमनमा समस्या भएको छ। उक्त समस्या समाधान गर्न सरकारले सडक यातायात तत्काल सञ्चालनमा ल्याउने तयारी गरिरहेको गृहमन्त्री गुरुङले बताएका छन्।

उनका अनुसार अवरुद्ध सडक तथा यातायात सेवा सुचारु गर्न बेलीब्रिज जडानलगायतका आवश्यक तयारी भइरहेका छन्। बेलीब्रिज जडानपछि सडक सम्पर्क पुनःस्थापना गर्न र प्रभावित क्षेत्रका नागरिकको आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *