आज नवरात्रको दोस्रो दिन, नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा
अध्यात्म
काठमाडौं । आज आश्विन शुक्ल द्वितीया अर्थात् नवरात्रको दोस्रो दिन नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जौको जमरा राखिएको थियो भने शैलपुत्री देवीको पूजा गरिएको थियो। आज दशैँघर तथा पूजा कोठामा ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
नवरात्रका नौ दिन दुर्गा सप्तशती, चण्डी तथा देवीभागवत पाठ गर्ने परम्परा छ। देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यस अवसरमा देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको घुइँचो लागेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
