दशैं बिदामा पनि विशेष अदालत खुला रहने
प्रमुख खबर
विजया दशमी, २०८३ को अवसरमा असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म विशेष अदालत बन्द रहने भएको छ । यद्यपि, केही अत्यावश्यक न्यायिक कार्यका लागि भने अदालत खुला रहनेछ ।
विशेष अदालतले सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३१ तथा म्यादसम्बन्धी कार्य, पक्राउ पुर्जी, जरुरी पक्राउ पुर्जी र थपसम्बन्धी कामका लागि अदालत खुला रहने जनाएको हो ।
अदालतका अनुसार घटस्थापना, शनिबार र विजयादशमीको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहनेछ ।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेद्वारा जारी सूचनामा सम्बन्धित सबैलाई उक्त व्यवस्थाबारे जानकारी गराइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
