`

डिलरमार्फत नै ग्यास खरिद गर्न उपभोक्तालाई एलपी ग्यास उद्योग सङ्घको आग्रह

Nepal One HD २७ असोज २०८३ १८:२८
अर्थ समाचार

काठमाडौँ। नेपाल एलपी ग्यास उद्योगले डिलरमार्फत नै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ ।एलपी ग्यासको सहज उपलब्धता सुनिश्चित उद्देश्यले उपत्यकाका विभिन्न १३ स्थानबाट ग्यास बिक्री गरिए पनि उपभोक्तालाई असुविधा पर्न गएको भन्दै सङ्घले अब डिलरमार्फत नै ग्यास खरिद गर्न आग्रह गरेको हो ।

सङ्घका अध्यक्ष दिवान चन्दले आज विज्ञप्ति जारी गर्दै नजिकको डिलरमा गई ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध गर्नुभएको छ ।

नेपाल आयल निगम र एलपी ग्यास उद्योग सङ्घको समन्वयमा उपत्यकामा बजारीकरण भइरहेका सबै ब्राण्डका सिलिण्डर बिक्रीवितरणको व्यवस्था मिलाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *