शिक्षण अस्पतालमा शल्यक्रियापछि प्रधानमन्त्री पत्नी सविना काफ्ले घर फर्किइन्
प्रमुख खबर
काठमाडौं । प्रधानमन्त्रीकी पत्नी सविना काफ्ले अस्पतालबाट डिस्चार्ज भएकी छन्। स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएकी काफ्लेको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि उनलाई बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज गरिएको हो।
काफ्लेलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको थियो। अस्पतालमा परीक्षण तथा चिकित्सकीय मूल्याङ्कनपछि उनलाई एपेन्डिसाइटिस भएको पुष्टि भएपछि बिहीबार बिहान ४ बजे आकस्मिक शल्यक्रिया गरिएको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
