`

बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार, दुई जना घाइते

Nepal One HD २ कार्तिक २०८३ २२:०३
प्रमुख खबर

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफमाथि मुम्बईको जुहूस्थित पुष्पा पार्कनजिकै गोली प्रहार भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मोटरसाइकलमा आएका तीन जना अज्ञात व्यक्तिले उनी सवार गाडीतर्फ गोली चलाएर फरार भएका थिए।

घटनामा टाइगर श्राफ सुरक्षित रहेको र उनका चालकसहित दुई जना घाइते भएको समाचारमा उल्लेख छ। घटनापछि प्रहरीले अनुसन्धान सुरु गर्दै फरार आक्रमणकारीहरूको खोजी तीव्र पारेको छ।

गोली प्रहार गर्नुको वास्तविक कारण खुल्न सकेको छैन। घटनामा कुनै समूहको संलग्नता रहेको भन्ने दाबीको आधिकारिक पुष्टि हुन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *