`

नेकपा एस र जसपा पार्टी एकता कार्यदलबीच वार्ता गर्ने तयारी

Nepal One HD २८ पुष २०७९ ११:५४
प्रमुख खबर

काठमाडौं । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी एकताको लागि गठित कार्यदलबीच वार्ता गर्ने भएको छ । सिंहदरबारमा बिहीबार १२ बजे दुई दलका एकता कार्यदलबीच वार्ता गर्ने भएका हुन् ।

दुवै पार्टीले विचार मिल्नेसँग पार्टी एकता गर्नका लागि कार्यदल गठन गरेका थिए । जसपाको तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी छन् ।

भने नेकपा एसको तर्फबाट महासचिव बेदुराम भुसाल, डा। विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् ।


प्रतिक्रिया