`

निर्वाचन सकिएको तीन महिनाभित्र अधिवेशन गर्न देउवाको निर्देशन

Nepal One HD २९ पुष २०७९ १३:२९
राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र महामन्त्री थापासँग नेपाल विद्यार्थी संघ र तरुण दलको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने बारे छलफल भएको छ । देउवा निवास धुम्बाराहीमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र तरुण दलका अध्यक्ष विद्वान गुरुङले पूर्ण कार्यसमितिका लागि पार्टी छलफल गरेका हुन् ।

पार्टी सभापति देउवाले सबै तहको निर्वाचन सकिएको तीन महिनाभित्र अधिवेशन गर्न निर्देशन दिएका छन् । । केन्द्रीय समिति भंग भएको १० महिना पछि दुई भ्रातृ संस्थाको पूर्णता दिने पार्टीले तयारी गरेको छ । नेविसंघ र तरुण दल पार्टीका प्रमुख भ्रातृ संस्था हुन् ।

सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले नेविसंघ र तरुण दलका अध्यक्षलाई छलफलका लागि डाकेका थिए । तरुण दलका अध्यक्ष गुरुङ अघि नेताहरुलाई भेट्न नेविसंघका अध्यक्ष शेर्पा धुम्बाराही पुगेका थिए । देउवा एक साताभित्र संघको पूर्ण कार्यसमिति ल्याउन शेर्पालाई निर्देशन दिएका छन् । तदर्थ समितिलाई पूर्णता दिने क्रममा कांग्रेसले पदाधिकारी विहिन कार्यसमिति ल्याउने तयारी गरेको छ ।


प्रतिक्रिया