मधेसका मुख्यमन्त्री यादवसहित थप तीन मन्त्रीले लिए शपथ

प्रमुख खबर

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शपथ लिनुभएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले उहाालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शपथ लिनुभएको हो ।
मुख्यमन्त्रीसँगै आज तीन मन्त्रीले पनि शपथ लिनुभएको छ।
नेकपा एमालेका सरोज यादव, जसपाका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले मन्त्रीको शपथ लिनुभएको हो । उहाँहरु तीनैजनालाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट