कांग्रेसका शिवराज अधिकारीलाई सभामुख बनाउने प्रस्ताव अस्वीकृत

राजनीति
हेटौंडा । नेपाली कांग्रेसका शिवराज अधिकारीलाई सभामुख बनाउने प्रस्ताव बागमती प्रदेशको प्रदेशसभाले अस्वीकृत गरेको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा भएको मतदान अधिकारीको पक्षमा ३६ मत परेको छ भने विपक्षीमा ६५ मत खसेको छ ।
११० सदस्यीय प्रदेशसभामा जेष्ठ सदस्य बाहेक सबैले मतदान गरेका थिए । ७ प्रदेशसभा सदस्य भने तटस्थ बसेका छन् । यसअघि नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०की सृजना सायजुलाई सभामुख बनाउने प्रस्ताव पनि अस्वीकृत भएको थियो ।
धादिङ क्षेत्र नं। २ प्रदेश ९१० बाट समानुपातिकतर्फबाट निर्वाचित सांसद अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट