`

एक किलो गाँजासहित वाइवा पक्राउ

Nepal One HD २९ पुष २०७९ १६:२२
समाचार

सिन्धुली – एक किलो गाँजासहित धन कुमार वाईबा पक्राउ परेका छन ।

सिन्धुली, घ्याङलेख गाउँपालिका–२ चालिसे बगर बस्ने ४० वर्षीय वाइवा अवैध लागूऔषध गाँजा करिब १ किलो सहित प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुली प्रहरीका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।


प्रतिक्रिया