`

प्रदेश १ मा उपसभामुखको निर्वाचन आज, एमालेबाट दनुवार र काँग्रेसबाट राई प्रतिस्पर्धामा

Nepal One HD ३० पुष २०७९ ११:३१
प्रमुख खबर

काठमाडौं । प्रदेश १ मा उपसभामुखको निर्वाचन सनिबार आज हुने भएको छ । प्रदेशसभा नियमावली २०७४ अनुसार सभामुख र उपसभामुखको निर्वाचन छुट्टाछुट्टै हुने भएको हो । पहिले सभामुखको निर्वाचन भएपछि मात्रै उपसभामुखको निर्वाचन हुने व्यवस्था छ ।

प्रदेशसभाको उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट लिलाकुमारी राई र नेकपा एमालेकी सिर्जना दुनुवारको उम्मेवारी रहेको प्रदेश सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । प्रदेशसभाको आज बिहान ११ बजे बस्ने वैठकले मतदान प्रकियाद्वारा उपसभामुखको चयन गर्ने छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको छ, नेकपा एकीकृत समाजवादी० को चार र जसपाको एक सदस्य गरी ९३ सदस्य रहेका छन् ।

सत्ता गठबन्धनमा भएको भागबन्डाअनुसार प्रदेश १ को उपसभामुख एमालेको भागमा परेको छ । सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित भइसकेका छन् ।


प्रतिक्रिया