सुदूरपश्चिम प्रदेश सभामुखकाको निर्वाचन आज ६ बजे पुन: गरिने

प्रमुख खबर

धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुखका लागि पुनस् मतदान हुने भएको छ । आज बिहान बसेको सर्बदलीय बैठकले आज ६ बजे निर्वाचन गर्ने निर्णय गरेको हो । आज बिहान बसेको सर्बदलीय बैठकमा सबै दल सहमत भएपछि चुनावको मिति तोकिएको हो ।
माओवादीबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार रहेका छन् । बिहीबार दुवैले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमत ल्याउन २७ मत आवश्यक पर्छ ।
बुधबार सत्ता गठबन्धनबाट एमालेका नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्री बने पनि त्यसकै भोलिपल्ट बिहीबार सभामुखमा भने गठबन्धनले बहुमत पुर्याउन सकेको थिएन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट