`

तातोपानी ६ का एकल महिला र ज्येष्ठ नागरिकलाई वडा सरकारको न्यानो कपडा

Nepal One HD ३० पुष २०७९ १८:२०
समाचार

जुम्ला – जुम्लाको तातोपानी गाँउपालिका-६ को वडा कार्यालयले न्यानो वितरण कार्यक्रम गरेको छ । यतिवेला जुम्लाको न्यूतम तापक्रम माइनसमा छ ।

पुसको चिसोमा न्यानो कपडा वितरण गर्दा एकल महिला र जष्ठनागरिकलाई राहत हुने भन्दै  तातोपानीको ६ वडा कार्यालयले न्यानो कपडा बितरण कार्यक्रम गरेको  हो । आर्थिक रूपमा पिछडिएका वर्ग  एकल महिला तथा ६० वर्ष देखी माथी उम्मेरका जेष्ठ नागरिकलाई तातोपानी ६का वडा अध्यक्ष  विशाल खड्काले  न्यानो कपडा वितरण गरेका  हुन् ।

त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले  चिसो समय भएकाले वडाले गरेको न्याने वितरण कार्यक्रम महत्त्वपूण भएको बताए । उनले भने, ‘आर्थिक अवस्था मकजोर भएका नागरिकका लागी यो कार्यक्रमले केही सहयोग पुग्ने छ ।’

त्यस्तै जुम्ला हिमाली क्षेत्र भएकाले लक्षित वर्गलाई सम्मान कार्यक्रम अन्तरगत्त वडा अध्यक्ष विशाल खड्काले  आफ्नो वडा भरिका एकल महिला र जेष्ठनागरिकलाई न्यानो बनाउने उद्देश्यले  सम्मान स्वरुप  कपडा वितरण  गरिएको बताए ।  उनका अनुसार ६८ वर्षका ४३ जना ,६० देखी ६७ वर्षका ६० जना  जेष्ठ नागरिक र २४ जना एकल महिलालाई शनिबार  न्यानो कपडा बितरण गरिएको छ ।

त्यस्तै  नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले यो समय चिसो छल्नका लागी दिइएको  न्यानो कपडा अति आवश्यक रहेको बताए ।


प्रतिक्रिया