सभामुखमा उम्मेदवारी दिने कांग्रेसको निर्णय, प्रतिपक्ष दलहरूसँग परामर्श गरेर उम्मेदवार तय गरिने

प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
उम्मेदवार भने प्रतिपक्षमा रहेका दलहरूसँग परामर्श गरेर तय गर्ने भएको छ ।
पदाधिकारी बैठकअघि सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए । सभामुखको मनोनयन दर्ताको समय आजै दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्का लागि तोकिएको छ । एमालेले भने झापा-२ बा निर्वाचित सांसद देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट