एमाले सांसद देवराज घिमिरे पुगे सभामुख पदमा उम्मेदवारी दर्ता गराउन संसद भवन

प्रमुख खबर

काठमाडौं । सभामुख पदमा उम्मेदवारी दर्ता गराउन नेकपा एमाले झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद देवराज घिमिरे संसद भवनमा प्रवेश गरेका छन् । एमालेमा उनको नाम सर्वसम्मत भएपछि घिमिरे उम्मेदवारी दर्ता गराउन संसद भवनमा प्रवेश गरेका हुन् ।
उनलाई सभामुखको लागि एमाले सांसद सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नेछन् भने माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका राजेन्द्र लिङ्देन र रास्वपाका रवि लामिछानेले समर्थन गर्नेछन् । उम्मेदवारी दर्ताको समय १ बजेदेखि ४ बजेसम्म तोकिएको छ ।
यता नेपाली कांग्रेसले भने बिहान पदाधिकारी बैठक बसेर सहयोगी दलहरूसँग छलफल गरेर प्रतिनिधिसभा सभामुखको निर्वाचनमा लाग्ने बताएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट