‘सबैलाई समेटेर अघि बढ्छु ,आरोप प्रत्यारोपको पूर्वाग्रह राख्दिनँ’ : देवराज घिमिरे

प्रमुख खबर

काठमाडौं । सभामुखमा उम्मेदवारी दिएका देवराज घिमिरेले आफू निर्वाचित भए सबैलाई समेटेर अघि बढ्ने बताएका छन् । सत्ता गठबन्धनको तर्फबाट सभामुखको उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफनो जित सुनिश्चित भएको जिकिर गर्दै विधि, प्रक्रिया र विगतका अनुभवहरूबाट समेत शिक्षा लिएर सभा सञ्चालन गर्ने योजना रहेको बताएका हुन् ।
आफु आरोप प्रत्यारोप पूर्वाग्रह भन्दापनि यथार्थको आधारमा ठीक ढंगले अघि बढ्ने बताएका छन् । प्रस्तावकका रूपमा सुवासचन्द्र नेम्वाङले संसद् सचिवालयका महासचिव भरतराज गौतमसमक्ष सभामुखमा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने सूचनाको प्रस्ताव केहीबेरअघि दर्ता गराएका छन् ।
घिमिरेको उम्मेदवारी प्रस्तावमा माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समर्थन गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट