`

कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेको उम्मेदवारी

Nepal One HD ४ माघ २०७९ १५:५८
प्रमुख खबर

काठमाडौं – प्रतिनिधिसभाको सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपाने उम्मेदवारी दिएकी छिन् । उनको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश  ज्वालाले छन् ।

संसद सचिवालयले भोलि हुने सभामुख चयन प्रक्रियामा आज साँझ ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो । यसअघि सत्ता गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराइ सकेका छन् ।


प्रतिक्रिया