`

सभामुखमा देवराज घिमिरेलाई मत दिन माओवादी केन्द्रले गर्यो ह्वीप जारी

Nepal One HD ५ माघ २०७९ ११:२४
प्रमुख खबर

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्न माओवादी केन्द्रले ह्वीप जारी गरेको छ । सत्ता गठबन्धनसँगको सहमति पालनामा प्रधानमन्त्रीले दृढता व्यक्त गर्नुभएअनुसार नै पार्टीले गठबन्धनका उम्मेदवार घिमिरेलाई मतदानका लागि ह्वीप जारी गरेको हो ।

प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन् । तीमध्ये वर्षमान पुन अस्पतालमा उपचाररत छन् । यसैबीच नागरिक उन्मुक्ति पार्टीले पनि सभामुखमा घिमिरेलाईनै मत दिने भएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले गठबन्धन परिवर्तन नभएकाले घिमिरेलाईनै मत दिने बताइन् ।

माघ ५ गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सभामुखको निर्वाचनसम्बन्धी उक्त प्रस्ताव प्रस्तुत हुँदैछ ।


प्रतिक्रिया