`

हत्या अभियोगका सांसदले सभामुखको मतदान प्रक्रियामा सहभागिबारे निर्णय गरेर मात्र सभा सञ्चालन गर्ने कांग्रेसको माग

Nepal One HD ५ माघ २०७९ ११:५७
प्रमुख खबर

काठमाडौं । हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका सांसदले सभामुखको मतदान प्रक्रिया भाग लिन पाउने नपाउने निर्णय गरेर मात्र सभा सञ्चालन गर्ने कांग्रेसले माग गरेको छ । हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी संसद् बैठकमा सहभागी भएपछि कांग्रेसले गृहमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखलाई प्रश्न गर्दै भने, “हत्याको अभियोग लागेको सांसद यहाँ हुनुहुन्छ भन्ने सुनियो हामी त चिन्दैनौँ तर गृहमन्त्रीज्यू पनि यहीँ हुनुहुन्छ । उहाँको मतदान प्रक्रिया रोकियोस् ।”

 


प्रतिक्रिया