अब कहिले हुँदै छ उपसभामुखको निर्वाचन ?

प्रमुख खबर

काठमाडौं । उपसभामुखको निर्वाचन माघ ७ गते हुने भएको छ । ज्येष्ठ सदस्य पशुपतिशम्मेर जबराले शनिबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने र उक्त बैठकमा उपसभामुख चयन गरिने बताएका हुन् ।
उपसभामुखको निर्वाचन कार्यतालिका पनि प्रकाशित गर्न ज्येष्ठ सदस्यले निर्देशन दिएका छन् । उपसभामुखमा दलहरूले कसलाई उम्मेदवार बनाउने टुंगो भने लागिसकेको छैन् । बिहीबार सत्ता गठबन्धनका उम्मदेवार नेकपा एमालेका देवराज घिमिरे सभामुमा निर्वाचित भएका छन् ।
प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई हराउँदै उनी सभामुखमा निर्वाचित भएका हुन् । घिमिरेको पक्षमा देवराज घिमिरेको पक्षमा १६७, विपक्षमा १०० मत, मत दिन्नँमा १ मत खसेको थियो । संसद्मा २६८ सांसद उपस्थित रहेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट