`

सभामुख घिमिरेले लिनुभयो पद तथा गोपनीयताको शपथ

Nepal One HD ६ माघ २०७९ ११:४९
प्रमुख खबर

​​​​​​​काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष सभामुख घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित संवैधानिक अङ्गका पदाधिकारीहरूको उपस्थित थियो । 


प्रतिक्रिया