‘एमालेको नीति तथा सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टीमा लागि रहन्छु’ : भीम रावल

डोटी । नेकपा एमालेका नेता डा. भीम रावलले आफ्नो रगत र पसिना एमालेमा बगेकोले पार्टीका नीति तथा सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टीमा लागिरहने बताएका छन् । उनले जबरजस्ती कसैले बाटो रोके आफ्नो बाटो खोज्ने बताउदै पार्टी सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टीमा लागिरहने बताएका हुन् ।
पाँच दशक लामो समयदेखि पार्टी र राष्ट्रहितका लागि आवाज उठाउँदै आएको उनको जिकिर थियो । रावलले आफूले पार्टीको सिद्धान्त र राष्ट्रहित विपरीतका कुनै कार्य नगरेको दाबी समेत गरेका छन् ।
निर्वाचनमा उम्मेदवारका लागि अछाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र-१ बाट वडा, नगर, क्षेत्र, जिल्ला तथा प्रदेशबाट एकल नाम सिफारिस भएपनि टिकट नपाएकोप्रति असन्तुष्टि पोख्दै नेता रावलले भने, ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिका कारण पटक पटक देशभक्त व्यक्तिहरुमाथि प्रहार हुँदै आएको छ ।’
पूर्वउपप्रधानमन्त्री समेत रहेका डा रावलले सरकारले गरेका राम्रा कामको सधैँ प्रशंसा गर्ने बताए । डा रावलले भने, ‘राम्रा कामको प्रसंशा गर्छु र गलत कामको आलोचना गर्छु’