`

प्रधानमन्त्री प्रचण्डलाई युएई र कतारका राजदूतले भेटे

Nepal One HD ६ माघ २०७९ २१:०६
प्रमुख खबर

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त अरब इमिरेट्स (युएई) र कतारका राजदूतले आज छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री दाहाल र युएईका राजदूत अब्दुल्ला सईद मुवारक जरवान अल्सामीबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै, प्रधानमन्त्री दाहाल र कतारी राजदूतबीच पनि दुई देशको सम्बन्ध, आसपी हित र चासोका विषयमा कुराकानी भएको थियो ।युएई र कतारका राजदूतले नेपालको प्रधानमन्त्रीमा नियुक्त हुन भएका प्रधानमन्त्री दाहाललाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए ।


प्रतिक्रिया