जनमत पार्टी सरकारमा रहने वा नरहने आइतबार फाइनल हुन्छ : अब्दुल खान

प्रमुख खबर

काठमाडौँ / जनमत पार्टीका सांसद एवं खानेपानी मन्त्रीको जिम्मेवारी पाएका अब्दुल खानले सरकारमा रहने वा नरहने भोलि टुंगो लाग्ने बताउनु भयो ।
शनिबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भयो । उहाँले सरकारमा जानको लागी आफूहरुको माग पूरा गर्न सत्तासाझेदार दलहरूले आइतबारसम्म आश्वासन दिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भोलिसम्म आश्वासन दिनुभएको छ, भोलि फाइनल निर्णय हुन्छ । थुप्रै विकल्पहरुबारेमा पनि छलफल चलिरहेको छ । बाँकी मन्त्रालयहरु दिने कुरा पनि छ । भोलिसम्म कुरा मिल्छ भन्ने विश्वास छ । अन्यथा, फिर्ता हुन पनि सकिन्छ ।’
जनमत पार्टीले उद्योग वाणिज्य आपूर्ति वा कृषि मन्त्रालय माग गर्दै आएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट