`

सभामुखले फुट्न लागेको दल छ भने बचाउने हो,फुटाउन सघाउने होइन : सांसद श्रेष्ठ

Nepal One HD ७ माघ २०७९ १४:१२
प्रमुख खबर

काठमाडौँ / सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपसभामुखले पदीय मर्यादा र भूमिकाबाट कत्ति पनि बिचलित नभइकन भूमिका निभाउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा उपसभामुख पदकी उम्मेदवार इन्दिरा रानामगरलाई समर्थन गर्दै उहाँले सभामुख र उपसभामुखले संसद्‌मा रेफ्रीको भूमिका असल र इमान्दारीपूर्वक निभाउन, पदीय गरिमा र गौरव बचाएर राख्नुपर्ने बताउनुभयो ।

तत्कालिन सभामुख अग्नि प्रसाद सापकोटालाई इकिंत गर्दै सांसद श्रेष्ठले विगतमा सभामुखबाट दल फुटाउने भूमिका रहेको आरोप लगाउनुभयो । उहाँले अब कुनै दल फुटाउने काम नहुने अपेक्षा लिएको बताउनुभयो ।

‘दलीय व्यवस्थामा दल बलियो हुनुपर्छ । तर सभामुखजस्तो गरिमामय पदमा बसेर कसैको दल फुटाउने भूमिका खुल्नु हुँदैन । फुट्न लागेको दल छ भने पनि बचाउने हो । फुटाउन सघाउने होइन । भोलि पनि त्यस्तो दिन आउन सक्छ,’ उहाँले भन्नुभयो ।


प्रतिक्रिया