महिला नेतृलाई चेली भनेपछि पुरूषहरूलाई चेला भन्छौं ? : सांसद श्रेष्ठ

प्रमुख खबर

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमा महिला नेतृलाई चेली भनेर सम्बोधन नगर्न अनुरोध गर्नुभएको छ। शनिबार प्रतिनिधिसभा बैठकमा उपपसभामुखको निर्वाचन अघि छलफलमा भाग लिँदै उहाँले महिला नेतृहरूलाई चेली नभन्न आग्रह गर्नुभयो ।
‘यो सदनमा धेरै चोटि सुनियो चेली। महिलालाई, महिला नेतृलाई चेली भनेपछि पुरूषहरूलाई चेला भन्छौं रु भन्या त सुन्या छैनौं। त्यसैले मेरो आह्वान छ महिला नेतृहरूलाई चेली नभनियोस्’, यदि आत्मीयता नै छ भने ३३ प्रतिशत न्यूनतम हो ५० प्रतिशत महिला यो सदनमा पठाइयोस् भन्दै उहाँले अनुरोध गर्नुभयो ।
उपसभामुख चयनका लागि प्रतिनिधिसभा बैठक जारी छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट