सरकार जोगाउने र ढाल्ने ध्यानले स्वस्थ समाज निर्माण गर्न सकिँदैन : अध्यक्ष ओली

प्रमुख खबर

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार जोगाउने र ढाल्ने ध्यानले स्वस्थ समाज निर्माण गर्न नसकिने बताउनुभएको छ ।
आइतबार काठमाडौँमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौँ राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारमा हुनेको ध्यान टिक्नेमा र सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेमा हुने गरेकाले देशतिर ध्यान जान नसकेको बताउनुभएको हो । उहाँले यस्तो अवस्थाबाट माथि उठ्न नसकेसम्म स्वस्थ समाज निर्माण गर्न नसकिने बताउनुभयो ।
साँच्चिकै लोकतान्त्रिक अभ्यास गर्ने र स्वस्थ तवरले चल्ने हो भने समाजलाई मद्दत पुराउन सकिने भन्दै ओलीले पद्धतिलाई ठिक बाटोमा लैजाने जिम्मेवारी आफूहरूको भएको धारणा राख्नुभयो । त्यस्तै ओलीले ४८ सालको चुनावी घोषणापत्र लेख्दा नै आफूले आयुर्वेद स्वास्थ्यलाई प्राथमिकता दिइएको र आगामी दिनमा पनि यस क्षेत्रको सुधारका लागि सरकारसँग आवश्यक छलफल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले आयुर्वेद भनेको उपचार मात्रै नभई जीवनपद्धति पनि भएकाले यसलाई सबैले अवलम्बन गर्नुपर्ने जिकिर गर्नुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट