`

काँग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने

Nepal One HD ९ माघ २०७९ १२:०७
प्रमुख खबर

काठमाडौँ / नेपाली काँग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली काँग्रेसले यसअघि, सभामुख र उपसभामुखमा पनि उम्मेदवार बनाएको थियो।

राष्ट्रपतिमा कसलाई उठाउने भन्ने टुङ्गो नलगाएको काँग्रेसले उम्मेदवारी दिनु पूर्व अन्य पार्टीसँग पनि छलफल गर्ने जनाएको छ ।


प्रतिक्रिया