लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा निवेदकको तर्फबाट सकियो बहस

प्रमुख खबर

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा निवेदकको तर्फबाट बहस सकिएको छ । वरिष्ठ अधिवक्ताद्वय रमण कर्ण, डा. सुरेन्द्र भण्डारी र अधिवक्ताहरु अमृत खरेल, निकिता ढुंगानाको सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहस सकिएको हो ।
खाजापछि सरकार र गृहमन्त्री लामिछानेको तर्फबाट बहस हुनेछ । जवाफी बहस पनि आजै हुने बताइएको छ । गृहमन्त्री लामिछानेको नागरिकताको विषयमा संवैधानिक इजलासमा अन्तिम सुनुवाइ भइरहेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट