कांग्रेसप्रति ओलीको कटाक्ष : ‘कांग्रेसको एउटै मात्र सूत्र छ, आफू सरकारमा हुनुपर्छ’


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजलाई मार्गदर्शन गर्न सक्ने र समाजलाई बदल्न सक्ने राजनीतिक गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले स्कूल विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निष्ठाले देश र जनताका पक्षमा लाग्न निर्देशन दिएका हुन् ।
अरु दलहरुले र ती दलका नेता तथा कार्यकर्ताले आफ्नो मात्र लाभ हेर्ने गरेको अध्यक्ष ओलीको अरोप थियो । एमाले दलबल गर्ने, केही प्राप्ति गर्ने र त्यो बाँडीचुँडी खाने पार्टी नभएको पनि उनले बताएका छन् । उनले देश विकास, संक्रमणकालीन न्यायलाई कसरी टुंगोमा पु¥याउने भन्नेलगायत विषयमा कांग्रेसको महाधिवेशनमा कुरा नउठाइएको बताएका छन् ।
कांग्रेसमा आफूलाई सचेत भन्ने वर्गले समेत आफ्नो विचार प्रकट गर्न नसक्ने जिकिर उनले गरे । देशको बारेमा सोचे त्यसको फाइदा वामपन्थीले लिन्छन् भन्ने पीर कांग्रेसका नेता कार्यकर्तालाई हुने गरेको उनले बताए । ‘उसको एउटै मात्र सूत्र छ, आफू सरकारमा हुुनुपर्छ । त्यही हो लोकतन्त्र, त्यही हो विकास’ ओलीले कटाक्ष गरे ।