रवि लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहर्दैमा, अर्को सुनुवाइ शुक्रबार हुने

प्रमुख खबर

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको सुनुवाइ शुक्रबार हुनेगरी हेर्दाहेर्दैमा राखिएको हो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा बुधबार रिट निवेदकहरुले बहस सकेका छन् । अधिवक्ताहरु वरिष्ठ अधिवक्ताहरु सुनिल पोखरेल र सुशील पन्तसहित सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले लामिछानेको पक्षमा बहस गरेका हुन् ।
बहस नसकिएकाले अर्को सुनुवाइ शुक्रबारका लागि तोकिएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट