`

कांग्रेस केन्द्रीय समितिको बैठक फेरि अनिश्चितकालका लागि स्थगित

Nepal One HD १२ माघ २०७९ १३:४७
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । माघ १५ गते बस्‍ने भनिएको केन्द्रीय समिमिति बैठक विशेष कारणबस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित भएको हो ।

यसअघि केन्द्रीय समिति बैठक पटक पटक सारिँदै आएको थियो । यस अघि २२ पुसको बैठक २८ पुसमा सारिएको थियो । तर २८ बाट पनि सारेर १५ माघमा पुर्‍याइको थियो । तर १५ माघका लागि तय भएको बैठक पनि अर्को सूचना जारी नभएसम्म लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख ।

राष्ट्रपतिको चुनावमा सबै ध्यान केन्द्रित गरेको कांग्रेसले चुनावी समीक्षाको बैठक गर्दा पार्टीमा विवाद देखिन सक्ने भन्दै बैठक नै नगर्ने नीति लिएको हो । राष्ट्रपतिको चुनावमा आफ्नो दलको पक्षमा माहोल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले डा शेखर कोइराला पक्षलाई पनि भेला नगर्न सुझाएका थिए । उनीहरूले पनि एक दिन भेला स्थगित गरेका थिए ।

 

 


प्रतिक्रिया