`

स्ववियू चुनावका लागि अखिल क्रान्तिकारीले तोक्यो कमाण्डर, कुन प्रदेशमा कस्ले पायो जिम्मेवारी ?

Nepal One HD १२ माघ २०७९ १४:०९
प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी यूनियन स्ववियू चुनावका लागि सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । चुनाव लक्षित कार्यविभाजन गर्दै अखिल क्रान्तिकारीले सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो ।

यसअघि प्रदेश ईन्चार्जहरु उपाध्यक्षहरुबाट पठाउने कि सचिवहरुबाट पठाउने भन्नेमा विवाद हुँदा सम्मेलन भएको लामो समयसम्म कार्यविभाजन भएको थिएन । पदाधिकारी बैठकबारे निर्णयबारे जानकारी गराउन जारी गरिएको परिपत्र अनुसार प्रदेश १ को ईन्चार्ज खगेन्द्र सुवेदी तोकिएका छन् । यस्तै मधेश प्रदेश इन्चार्जमा अनिल भगत,विशेष प्रदेश ईन्चार्जमा पर्सुन कार्की,बागमती ईन्चार्जमा कृष्ण न्यौपाने, गण्डकी ईन्चार्जमा नरेन्द्र बयाडी, लुम्विनी प्रदेश ईन्चार्जमा सूर्य घर्ती मगर, कर्णाली प्रदेश ईन्चार्जमा त्रिसणा हमाल र सुदुरपश्चिम ईन्चार्जमा भिम भट्ट तोकिएका छन् ।

विश्वविद्यालय कमाण्डहरुको ईन्चार्जमा सचिवहरु उपेन्द्र शाही र संजय कालधानले जिम्मेवारी पाएका छन् । त्यस्तै केन्द्रीय छात्राविभाग प्रमुखमा सचिव पार्वती नेगी, केन्द्रीय स्वयंसेवक प्रमुखमा सचिव योगेन्द्र बुढा र सम्पर्क मञ्च ईन्चार्जमा सचिव विजय सापकोटाले जिम्मा पाएका छन् ।


प्रतिक्रिया