`

सर्वोच्च अदालतको गेटमा लामिछानेको पक्षमा नाराबाजी,दुई जना पक्राउ

Nepal One HD १३ माघ २०७९ १८:१८
प्रमुख खबर

काठमाडाैँ / सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ ।

शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले नागरिकता विवादसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै लामिछानेको सांसद पद खारेज गरेको हो ।

सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको आदेशसँगै रविका समर्थकहरूले सर्वोच्च अदालत परिसरमा उनका पक्षमा नाराबाजी गरिरहेका छन् । नाराबाजी गर्ने २ जनालाई प्रहरीले हिरासतमा लिएको छ ।


प्रतिक्रिया