`

भारतमा वायुसेनाका दुई लडाकु विमान एकआपसमा ठोक्किए

Nepal One HD १४ माघ २०७९ १३:४१
प्रमुख खबर

एजेन्सी । भारतको मध्यप्रदेशमा वायुसेनाका दुई लडाकु विमान एक आपसमा ठोक्किए छन्।

वायुसेनाको सुखोई–३० र मिराज २००० विमान शनिबार एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका हुन् । भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले दुबै विमानका पाइलटहरु दुर्घटनामा बाच्न सफल भएका छन्  ।

विमान भरतपुरमा खसेको बताइएको छ भने अर्को विमानभने मोरेना नजिकै दुर्घटना भएको बताइएको छ। अहिले घटनास्थलमा वायुसेनाका अधिकारी र जिल्ला प्रशासन कार्यालयका अधिकारीहरु पुगेका छन्।

प्रत्यक्षदर्शीहरुका अनुसार विमानमा आकाशमै आगो लागेको थियो र जलिरहेको लडाकु विमान खसेको थियो।No description available.No description available.


प्रतिक्रिया