`

‘कांग्रेस कुनैपनि समयमा सरकारमा आउन सक्छ’ : शेखर कोइराला

Nepal One HD १४ माघ २०७९ १४:१२
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस कुनैपनि समयमा सरकारमा आउन सक्ने बताएका छन् । विराटनगरमा शनिबार नेपाल प्रेस युनियन प्रदेश–१ को पहिलो अधिवेशन उद्घाटन गर्दै कोइरालाले ठूलो पार्टी भएकाले कुनै पनि दिन कांग्रेस सत्तामा आउन सक्ने बताएका हुन् ।

विगत ५ वर्षको राजनीतिक घटनाक्रमहरूले कांग्रेसले नै राष्ट्रपति पाउनुपर्ने प्रशस्त आधार दिएको उनको भनाई छ । उनले राष्ट्रपतिको निर्वाचन फागुन २८ अगाडि नै हुने बताए । संविधान र कानूनका कुरा बाझिएको भएपनि फागुन २८ भन्दा पहिले राष्ट्रपतिको निर्वाचन नभए देशमा अनिष्टता जन्मिने चेतावनी उनले दिए ।

उनले भने, ‘राष्ट्रपतिको निर्वाचन हुनै पर्छ । यसमा कुनै पनि इफ बट हुँदैन । कांग्रेसले आप्नो उम्मेदवार दिन्छ र हामी सबै उम्मेदवार जिताउनलाई लाग्नुपर्छ । कांग्रेसको राष्ट्रपति हुनुपर्छ हामीले पाँच वर्ष हेरिरसक्यौं, बजेट संसदमा पेस भएन । नागरिकता विधेयक रोकियो । संविधानभन्दा राष्ट्रपति माथि हुँदैन । तर, जसलाई जे मन लाग्यो त्यो गरेको देखिन्छ ।’

यसअघि साढे ३ वर्ष विपक्षमा हुँदा एमाले र माओवादीकै कारण सरकारको नेतृत्व गर्ने अवसर जुरेको उल्लेख गर्दै उनले अझ त्यस्ता घटनाहरू घट्न सक्ने दाबी समेत गरेका छन् ।


प्रतिक्रिया