`

एमालेकाे उम्मेदवार नै राष्ट्रपति : प्रदीप ज्ञवाली

Nepal One HD १४ माघ २०७९ १४:१६
प्रमुख खबर

पाल्पा – नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेकपा एमालेका उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने बताउनुभएको छ।

आज प्रेस चौतारी पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सत्ता गठबन्धनको तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने र त्यसमा राष्ट्रिय सहमति कायम गर्न कांग्रेस पनि सहभागी हुन सक्ने धारणा राख्नभयो ।

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर धमिलो खोलामा माछा मार्न खोजेको बताउँदै पद साट्न र सत्ता मोहको पछि लाग्दा काँग्रेस असल प्रतिपक्ष समेत बन्न नसकेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया