`

अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश, पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठद्धारा स्वागत

Nepal One HD १४ माघ २०७९ १४:२४
प्रमुख खबर

रुपन्देही । कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रवेश गराएकी हुन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एलिजाको जिम्मेवारी टुंगो नलागेको बताएकी छन् । पार्टीमा आएपछि के जिम्मेवारी दिने भन्ने बैठकले निर्णय गर्ने उनले बताएकी हुन् । धेरैले एलिजाको नागरिक उन्मुक्ति पार्टी प्रवेश स्वभाविक नभई योजनाबद्ध भनेर टिप्पणी गरेका छन् ।

एलिजासँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् । उनी बैंकर तथा व्यवसायी हुन् । केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन् ।


प्रतिक्रिया