`

बामदेब गौतमले पार्टी प्रवेश गर्न माधव नेपालसंग अघि सारे चार सर्त

Nepal One HD १४ माघ २०७९ १४:४०
प्रमुख खबर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वामदेव गौतमले पार्टी प्रवेश गर्न चार सर्त अघि सारेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाललाई पार्टी प्रवेश गराएपछि निरन्तर गौतमलाई पनि पाटीमा प्रवेश गराउन लागि परेसँगै गौतमले पार्टी प्रवेश गर्न चार सर्त अघि सारेका हुन् ।

पहिलो, जनताको बहुदलीय जनवाद ९जबज० लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने गौतमको पहिलो सर्त रहेको छ । एमालेले पाँचौं महाधिवेशनपछि जबजलाई मार्गदर्शक सिद्धान्त मान्दै आएकोमा आगामी दिनमा एकीकृत समाजवादीका नेताहरुले मार्क्सवाद–लेनिनवाद मात्रै मार्गदर्शक सिद्धान्त मान्ने बताउँदै आएका छन् ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री चुन्ने गौतमको दोस्रो सर्त रहेको छ । यस विषयमा पनि एकिकृत समाजवादीको नेताहरुले छलफल गर्न सकिने बताएका छन् । तेस्रो समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने गौतमको तेस्रो सर्त रहेका छ भने आफूले नेतृत्व गरेको समूहका नेताहरुलाई व्यवस्थापनको प्रतिबद्धता मागेका छन , यो गौतमको चौथो सर्त रहेको छ ।


प्रतिक्रिया