`

राजनीतिक स्थायित्वको लागि बनेको समीकरण टुट्नु हुँदैन : उपाध्यक्ष पोखरेल

Nepal One HD १४ माघ २०७९ १५:३४
प्रमुख खबर

सिन्धुपाल्चोक / नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले राष्ट्रिय राजनीतिको मियो रहेको दाबी गर्नुभएको छ । नेकपा एमाले सिन्धुपाल्चोक मोर्चा सङ्गठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपाध्यक्ष पोखरेलले चारै तिरको घेराबन्दीका बिचमा पनि एमाले नेतृत्वदायी भूमिकामा रहेको बताउनुभयो ।

उहाँले अहिले बनेको समीकरण अनुसार नै अगाडि बढ्नुपर्ने भन्दै राजनीतिक दलहरुबीच भएको सहमतिलाई अक्षराम्स पालना गर्नुपर्ने बताउनुभयो । उहाँले अब नयाँ  समीकरणका साथ अगाडी बढ्ने बाटो खुलेको बताउनुभयो । ‘‘यो समीकरणलाई टुट्न र भत्कन दिनु हुँदैन’’,पोखरेलले भन्नुभयो ।

अहिलेको समीकरण राजनीतिक स्थायित्वको लागि भएको उल्लेख गर्दै पोखरेलले हिजो भएका कमी कमजोरीबाट अनुभव र शिक्षा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । एमाले मत मिलाउने मात्रै नभई मन मिलाउने पार्टी भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ पोलिटब्युरो सदस्य अरुण नेपाल ,केन्द्रीय सदस्य सरेश नेपाल ,दावा तामाङ लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया