पार्टीको उद्देश्य एकदमै राम्रो लागेकाले नागरिक उन्मुक्ति पार्टी रोजे – एलिजा गौतम

प्रमुख खबर

काठमाडौं – नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार बुटवलमा एक कार्यक्रमकाबीच नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाई पार्टी प्रवेश गराएकी हुन् ।
एलिजाले पार्टीको उद्देश्य एकदमै राम्रो लागेकाले आफूले नागरिक उन्मुक्ति रोजेको बताइन् । गौतमले आफूले सानैदेखि समाजसेवा गर्दै आएको र त्यसलाई सहज ढंगले अघि बढाउन राजनीतिक पार्टी आवद्ध भएको बताइन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट