चारैतिरको घेराबन्दीका बीचमा पनि एमाले अहिले नेतृत्वदायी भूमिकामा रहेको छ – ईश्वर पोखरेल

प्रमुख खबर
काठमाडों – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चारैतिरको घेराबन्दीका बीचमा पनि एमाले अहिले नेतृत्वदायी भूमिकामा रहेको बताएका छन् ।
नेकपा एमाले सिन्धुपाल्चोक मोर्चा सङ्गठनद्वारा आज दोलालघाटमा आयोजित कार्यक्रममा उनले सो कुरा गरेकाम हुन् । अहिले बनेको समीकरण अनुसार नै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उनले राजनीतिक दलहरुबीच भएको सहमतिलाई अक्षरसः पालना गर्नुपर्ने बताउ ।
राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने भन्दै उनले एमाले राष्ट्रिय राजनीतिको मियो रहेको बताए । “एमाले प्रतिकूलतालाई चिर्दै अघि बढेको छ”, उनले भने– “यो समीकरणलाई टुट्न र भत्कन दिनु हँुदैन ।” उनले सबैलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट