`

नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुगे रवि लामिछाने

Nepal One HD १५ माघ २०७९ १२:०१
प्रमुख खबर

काठमाडौँ / रवि लामिछाने नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुग्नुभएको छ ।आज उहाँ नागरिकता लिनको लागि प्रशासन कार्यालय काठमाडौँमा पुग्नुभएको हो ।

अहिले प्रशासन कार्यालयमा भीड लागेको छ। भीड बढेसँगै प्रहरीको पनि बाक्लो रूपमा परिचालन गरिएको छ।शुक्रवार सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरिदिएपछि उहाँ पुनः नागरिकता बनाउन प्रशासनमा पुग्नुभएको हो ।

लामिछानेले अमेरिकी नागरिकता त्याग्नुभए पनि पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा गर्नुभएको थिएन । यसबारे मुद्दा परेपछि गत शुक्रवार सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको थियो।


प्रतिक्रिया