`

लागूऔषधसहित कञ्चनपुरबाट एक जना पक्राउ

Nepal One HD ३० फागुन २०७९ ८:५१
समाचार

कञ्चनपुर, ३० फागुन – कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्लाको बेदकोट नगरपालिका–७ बाट लागूऔषध चरेशसहित मदनदेव भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई ०.०७२ ग्राम लागूऔषध चरेशसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउगरी आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
 


प्रतिक्रिया