`

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

Nepal One HD १० चैत २०७९ १७:३०
राजनीति

काठमाडौं – प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता भएको घोषणा गरिएको हो । 

एकतापछि पार्टीको नाम ‘आम जनता पार्टी’ नै राखिएको छ । आम जनता पार्टीको दोस्रो संशोधित अन्तरिम विधान पनि सार्वजनिक गरिएको छ । 


प्रतिक्रिया