`

नेकपा एसको निर्णय : तीन मन्त्रालय नपाए सरकारमा नजाने

Nepal One HD १५ चैत २०७९ १६:१८
राजनीति

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकमा नेकपा एसले यस्तो निर्णय गरेको हो । नेकपा एस प्रवक्ता जगन्नाथ खतिवडाले हाम्रो पार्टीले माग गरेको मन्त्रालय नपाए सरकारमा नजाने बताएका हुन ।

उनले भने, ‘हामीले भनेझैं तीन मन्त्रालय पाइसकेका छैनौँ । मन्त्रालयको पनि टुंगो लागेको छैन । हामी कुनै पनि बेलामा निर्णय गर्नेगरी प्रधानमन्त्रीको उत्तरको पर्खाइमा छौं ।’

उनले अहिले आफूहरु एक नभएर तीन जना मन्त्रीको नाम दिन तयार भएर बसेको बताए ।


प्रतिक्रिया